काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।
कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले भने, ‘उपसभामुखमा हाम्रो दाबी हुन्छ। तर, अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।’
उपसभामुखमा नेकपासहित कांग्रेस, श्रम संस्कृति र राप्रपाको पनि दाबी छ।









