हनिट्र्याप काण्डमा इन्स्पेक्टर शाहीले सफाइ पाइन्

२०८२ चैत्र २५, बुधबार

काठमाडौं : भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनुकुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट मंगलबार सफाइ पाएकी छन् ।

सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालत स्रोतले जनाएको छ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार