सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार

२०८२ चैत्र २५, बुधबार

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो ।

नेप्सेले एक सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक साबिककै समयमा धितोपत्रको कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार र शनिबार बन्द हुने गरेको थियो ।

665017312_1427240545344565_1654148513994325855_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार