गृहमन्त्री गुरुङले मागे स्वीस बैंकमा नेपालीको अवैध रकमबारे अनुसन्धान गर्न सहयोग

२०८२ चैत्र २५, बुधबार

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ र नेपालस्थित स्वीट्जरल्यान्डका राजदूत डा.डानिएल मैवलीबिच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

भेटमा राजदूत डानिएलले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्। राजदूत डानिएलले दुई सरकारबिच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाइन्। गृहमन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको बताए।

साथै नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार लगायतका कसूरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबिच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गुरुङले राजदूतसमक्ष अनुरोध गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार