काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर सिप्रदी ट्रेडिङ ले आकर्षक ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकलाई लक्षित गर्दै विशेष क्याम्प सञ्चालन गर्ने जनाएको हो।
कम्पनीका अनुसार चैत्र २७ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुने यस क्याम्पमार्फत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर टाटाको नयाँ गाडी खरिद गर्न सक्नेछन्। योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा आयोजना हुने टाटा आईपीएल प्रत्यक्ष हेर्न जाने अवसर प्रदान गरिनेछ, जसले ग्राहकमा थप उत्साह थप्ने विश्वास गरिएको छ।
यसका साथै कम्पनीले ग्राहकहरूलाई आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, एक वर्षको सवारी कर निःशुल्क, लाइफटाइम डीसी फास्ट चार्जिङ सुविधा तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू पनि उपलब्ध गराउने जनाएको छ। विशेषगरी विद्युतीय सवारीतर्फ ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै चार्जिङसम्बन्धी सुविधा थप गरिएको कम्पनीको भनाइ छ।
सिप्रदी ट्रेडिङका अनुसार यस योजनाको उद्देश्य नयाँ वर्षलाई थप उत्साहपूर्ण बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र भरपर्दो सवारी साधन उपलब्ध गराउनुका साथै अविस्मरणीय अनुभव प्रदान गर्नु हो।
इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक सोरुमहरूमा पुगेर यस योजनासम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन्। कम्पनीले सीमित अवधिका लागि मात्र योजना सञ्चालन हुने भएकाले समयमै अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।









