काठमाडौं : निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
फिल्म आगामी नयाँवर्ष १ वैशाख २०८३ (१४ अप्रिल, २०२६) देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । निर्माताले नयाँवर्षको अवसर पारेर दर्शकलाई फरक स्वादको कथावस्तु दिने लक्ष्य राखेको देखिन्छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहना केसीको अभिनय छ ।
पटकथा लेखन पनि निर्देशक घिमिरेकै छ । रिम्पोछे थिङ, सुरेन्द्र थिङ, ओजस्वी केसी, उमा गिरी निर्माता हुन् । बलिउड निर्देशक प्रमोद प्रधानले यसको छायांकन गरेका हुन् । रञ्जित गजमेरले संगीत भरेका छन् । ब्यांकटेस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरनेसनलले यसको वितरण गर्दैछन् । भाग्यरत्न फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।





