बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन : भट्टराई

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी संसदीय दलका नेतासमेत रहेका बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको बताएका छन् ।

भट्टराईले बुधबार पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता प्रयोग गरेका शब्दावली एमालेको विचार र अभ्याससँग मेल नखाने बताएका छन् ।

बादलले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै पार्टीको नीतिभन्दा बाहिर नगएको र एमालेविरुद्ध पार्टीभित्रैबाट सकाउने अभ्यास भइरहेको गम्भीर आरोप लगाएका थिए । ‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङकाविरुद्ध छ’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार