उपसभामुखबारे छलफल गर्नुस्, बार्गेनिङ होइन : हर्क साम्पाङ

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन् ।

‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

भोलि शुक्रबार निर्वाचन हुनेछ ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सात जना सांसद छन् । त्यसमध्ये अम्बिका देवी संग्रौला, राधिका रम्तेल र रुबी कुमारी महिला सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार