खाना पकाउने ग्यासको मूल्य दुई हजार नाघ्यो

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ। नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार