जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२ चैत्र २७, शुक्रबार

कैलाली : २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सनिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार