मधेसमा ६ दिन अतिरिक्त बिदा

२०८२ चैत्र २७, शुक्रबार

जनकपुरधाम : आगामी आर्थिक वर्ष २०८३ का लागि संघ सरकारले निर्धारण गरेको सार्वजनिक बिदाका बाहेक मधेश प्रदेश सरकारले अतिरिक्त प्रदेशभर लागू हुने गरी थप ६ दिन बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सांस्कृतिक तथा धार्मिक महत्वका पर्वहरूलाई लक्षित गरी थप बिदा स्वीकृत गरिएको जनाएको छ। प्रकाशित सूचना अनुसार बैशाख २ गते सिरुवा पावनी, कार्तिक ३० गते छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन तथा मंसिर २८ गते विवाहपञ्चमीका अवसरमा सार्वजनिक बिदा निर्णय गरिएको हो।

यसबाहेक प्रदेश सरकारले आवश्यकता अनुसार थप ३ दिन बिदा घोषणा गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव गणेश नायकका अनुसार फागुन १८ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ७५, संख्या ६७, भाग ५) मा उल्लेख भएअनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षको अवधिमा संघीय बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा स्वीकृत गरिएको छ।

प्रदेश सरकारले स्थानीय संस्कार, परम्परा र जनभावनालाई सम्मान गर्दै यस्तो निर्णय गरेको उनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार