कलाकार बले हाजिरी जमानीमा रिहा

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् ।

उनी शुक्रबार  हाजिरी जमानीमा रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार