काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार यस कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत हुनेछ ।
उक्त छुट सुविधा लिंदा नेपाल क्यान्सर अस्पताल तथा आइएमई लाइफ इन्स्योरेन्सका सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।
त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।









