नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

२०८२ चैत्र २८, शनिबार

काठमाडौँ : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् । गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार