अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

२०८२ चैत्र २८, शनिबार

काठमाडौं : अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार ३५ नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो।

गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको उनले जानकारी दिएका छन। डिपोर्ट गरिएकामा अवैध बाटोबाट गएका १२ जना र विद्यार्थी भिसामा गएका दुई जना रहेका छन्। अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरेको हो।

पछिल्लो दुई महिनामा अमेरिकाबाट दुई सय बढी नेपाली डिपोर्ट भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार