रूपन्देहीमा एक ७० वर्षीय पुरुष मृत फेला

२०८२ चैत्र २८, शनिबार

काठमाडौं : रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–३ महामाया पथ डेरा गरी बस्ने अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, हालसम्म उनको पहिचान खुलेको छैन । ती पुरुष आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार