मापसे गरी सवारी चलाउने १२ चालक पक्राउ

२०८२ चैत्र २८, शनिबार

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा शनिबार १२ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीको सप्राइज चेकिङ टोलीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यसरी कारबाहीमा पर्नेहरू सबै मोटरसाइकल चालक रहेका छन्।

सडक सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले आकस्मिक रूपमा उपत्यकाका विभिन्न नाका र भित्री सडकहरूमा यो जाँचलाई तीव्रता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार