राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८२ चैत्र २९, आईतवार

काठमाडौं : राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख १६ गते बुधबार बस्ने भएको छ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा चुनावपछिको परिवर्तित सन्दर्भका विषयमा छलफल हुने भएको छ।

यस्तै, बैठकमा पार्टीको रणनीति तय गर्न, चुनावकै समग्र पक्षका बारे समीक्षा गर्न, पार्टीलाई पुनर्ताजगीका साथ अघि बढाउन, केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्न एवं पार्टीका आगामी कार्यक्रमहरू लगायत विविध विषयमा छलफल हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार