काठमाडौँ : प्युठानको माण्डबी गाउँपालिका-५ रम्दीवेशीमा टिप्परले स्कुटीलाई ठक्कर दिंदा चालक यामबहादुर घर्तीको मृत्यु भएको छ ।
चेरनेटा-बरौला सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका यामबहादुरलाई प्युठान अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





