पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

२०८२ चैत्र २९, आईतवार

काठमाडौं : धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला पारेको हो । चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी गरेका थिए । फेला नपारेपछि पुनः चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले खोजी गरेका थिए ।

घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार