सङ्गीतकार बास्कोटाले पाए विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड

२०८२ चैत्र २९, आईतवार

काठमाडौँ : वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरिएको छ ।

राजधानीमा शुक्रबार साँझ आयोजित १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा बास्कोटालाई उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी सङ्गीत साधना सम्मान, गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज सङ्गीत रत्न सम्मान, लोकगायक पशुपति शर्मालाई झलकमान लोक सङ्गीत सम्मान तथा पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा १२ विधामा अवार्ड बाँडिएको थियो । अवार्डतर्फ परेली गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने के हेरेको टुलुटुलुबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट गायिका बनिन् । मिर्मिरेमा बासेको भालेबाट शिव हमाल उत्कृष्ट सङ्गीतकार र परदेशी हुनै मन छैनबाट भूपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार घोषित भए।

लोकदोहोरी विधामा झलिकोबाट अर्जुन सापकोटा उत्कृष्ट गायक तथा झ्याप्पै आए बाहुन दाइबाट ज्योति मगर उत्कृष्ट गायिका बने। म्युजिक भिडियोतर्फ कता हिँड्यो साइलाबाट प्रभातपल ठकुरी र गीता ढुङ्गाना उत्कृष्ट मोडल जोडी घोषित हुँदा मायालाई पानको पातबाट विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए ।

त्यसैगरी ए आमा जाम भन्यो मलाईबाट बुद्ध थापा उत्कृष्ट छायाकार, वैशले जुरुक्क पार्‍योबाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो, सङ्गीतकार तथा पैसा जोगाउनबाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट पुरस्कृत भए। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार