काठमाडौं : स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् । आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरूको गुनासो सुन्दै मन्त्री मेहतले उपचार गर्न आउने आफैँले डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताइन् ।
अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परिक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा बिरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाइ भएको जनाएको छ । मन्त्री मेहताले स्वास्थ्य परिक्षणको रिपोर्ट लिन अब अस्पताल आउन नपर्ने गरी छिटै व्यवस्था गरिने उल्लेख गरिन् ।





