उदयपुर : उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।









