चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश

२०८२ चैत्र ३०, सोमबार

मोरङ : ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलबाट चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्ड कप फुटवल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा ‘नकआउट’ आधारमा भएको आजको खेलमा चर्च ब्वाइजले पूर्वसशस्त्र प्रहरीको एपिफलाई १–० गोलले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजका समीर तामाङले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । आजको खेलमा तामाङले ‘प्लेयर अफ दी म्याच’ तामाङ घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

नेपाल र भारतका गरी आठ वटा टोली सहभागी प्रतियोगिता आगामी वैशाख ५ मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता हुने टोलीले रु ११ लाख, उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, उत्कष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्राप्त गरिने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान रहेको ट्रष्टका महासचिव विनोद बस्नेतले बताए । प्रतियोगिताअन्तर्गत सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार