काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका– ९, राजाबासस्थित मदन भण्डारी लोकमार्गखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
सोमबार बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स.१०प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.५ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार त्रियुगा नगरपालिका– ९, डाँडाटोलनिवासी अन्दाजी ३५ वर्षीय हरि दनुवारको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न टिपर चालक त्रियुगा नगरपालिका– ७, होक्सेनिवासी आशिष माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





