अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

२०८३ बैशाख १, मंगलवार

काठमाडौँ : मध्यपूर्व तनाव शान्त पार्ने विषयलाई लिएर अमेरिका र इरानबीच फेरि वार्ता हुने भएको छ ।

पाकिस्तानको इस्लामावादमा भएको वार्ता असफल भएपछि अर्को वार्ताका लागि दुवै देशले आआफ्ना अडान कायम राखिरहँदा बिहीबार नयाँ चरणको वार्ता हुनसक्ने विषय बाहिरिएको हो ।

एसोसिएटेड प्रेस (एपी)ले अमेरिका र इरानबीच बिहीबार नयाँ चरणको वार्ता हुन सक्ने खबर प्रसार गरेको छ ।

एपीले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै उल्लेख गरे अनुसार, बिहीबार दुई देशबीच अर्को वार्ता हुनसक्नेछ ।

यसका लागि अमेरिकाले पहल गरिरहेको छ । इरानको प्रतिक्रिया आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार