चलचित्र ‘कार्की साइँला’ को पोस्टर सार्वजनिक

२०८३ बैशाख १, मंगलवार

काठमाडौं : कलाकार जितु नेपालको शीर्ष भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।

नयाँ वर्षको अवसरमा निर्माण पक्षले चलचित्रको पहिलो पोस्टर तथा चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ। उक्त चलचित्र साउन १ देखी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएका छन्। सार्वजनिक पोस्टरमा जितुलाई भरियाको पात्रमा प्रस्तुत गरिएको छ।  जसअनुसार, यो फिल्मको कथावस्तु भरियाको जीवन संघर्ष वरपर हुनसक्ने अनुमान गर्न सकिन्छ।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई बालकुमार राई निर्माता हुन, भने  कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार