काठमाडौं : नयाँ वर्षको पहिलो दिन कालीगण्डकीमा भक्तजनको घुइँचो लागेको छ ।
कालीगण्डकीको तटमा स्नान गर्ने तथा पूजा गर्नेको घुइँचो लागेको हो । कालीगण्डकी नदिकोरुरुक्षेत्र, राम्दी, सेदीबेणी शिला, हुँगीघाट लगायतका स्थानमा बिहानैबाट भक्तजनको बाक्लो उपस्थिति रहको हो । नयाँ वर्ष २०८३ को पहिलो दिन सार्वजनिक बिदा समेत रहेकाले तीर्थालुको कालीगण्डकी तथा विभिन्न मन्दिरमा घुइँचो रहेको हो।
कालीगण्डकी नदिमा स्नान र पूजागर्नका लागि देशका बिभिन्न स्थानबाट आउने गर्दछन् ।







