निर्वाचनपछि जनस्तरमा नयाँ आशा पलाएको छ : धवलशम्सेर

२०८३ बैशाख १, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आज नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकताको प्रतीकमा गोलवद्ध हुन आह्वान समेत गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुंगा बनोस् भन्ने कामना गर्दछु ।’

महामन्त्री राणाले वि.सं. २०८२ को निर्वाचनपछि जनस्तरमा नयाँ आशा पलाएको र सरकारका तर्फबाट पनि केही आशाप्रद प्रयासहरू सुरु भएको उल्लेख गरेका छन् । यद्यपि, सामाजिक रोगको रूपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नु अहिलेको अनिवार्य बाध्यता रहेको उनको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार