पोखरामा गुडिरहेकाे बसमा आगलागी

२०८३ बैशाख १, मंगलवार

काठमाडौं : पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ । पोखरा २२ पुम्दीभुम्दी स्थित ठूलाडिही भन्ने ठाउँमा बसमा आगो लागेको हो ।

ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिसकिएको छ । बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा आइपुगेपछि आगो लागेको हो ।

बसमा आगोलागी भएको भन्ने खबर पाउने वित्तकै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको टोली खटिएको थियो । बसमा ४० जना यात्रु सेवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार