काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए ।










