पोखरा : पुनर्गठित मन्त्रिपरिषद्मा जिम्मेवारी नपाएपछि नेपाली कांग्रेसका सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनी मन्त्रीका आकांक्षी थिए ।
सभामुखलाई सम्बोधन गर्दै उनले लिखित राजीनामा बुझाएका हुन् । बागलुङ २ (२) बाट निर्वाचित कुँवरले आफूलाई विश्वास गरी जिताउने मतदाता, शुभेच्छुकप्रति आभार जनाएका छन् । उनले आजैदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।






