काठमाडौं : कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
नेपाली नयाँ वर्षको दिन टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी भदौ २६ गते नारीहरूको महान पर्व हरितालिका तीजमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।
वैशाख १ गते नयाँ वर्ष मात्रै अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङले बताए। ‘अहिलेसम्म यो मितिमा हामी मात्रै छौं। वितरक र निर्माण टिमसँगको सल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका छौं। राम्रो मिति नै रोजेका छौं। व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं,’ निर्देशक गुरुङले भने।
गुरुङ सिनेमाका ‘गडफादर’ का रूपमा परिचित निर्देशक गुरुङको लगानी रहेको छ। सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय छ। विश्वास र मायाले यही सिनेमाबाट गुरुङ सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन्।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन्।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन्। सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत मनोज थापा मगर, शिव बराइली सुरुङ गुरुङले तयार पारिरहेका छन्।
सुरेन्द्र पौडलले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।








