काठमाडौं : बर्दियामा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका– ४ को भित्री सडकमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको हो।
राति करिब १ बजे बढैयाताल गाउँपालिका– ४ को वडा कार्यालयनजिक दक्षिण भकारीबाट खैरेनीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दक्षिण भकारीका २० वर्षीय विमल थारू र २३ वर्षीय कृष्ण थारूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दिया प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए ।
मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोकिँक्दा मोटरसाइकलचालक विमल र मोटरसाइकलको पछाडि सवार कृष्ण गम्भीर घाइते भएको खबर स्थानीयले गरेपछि थप उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकले राति करिब २ बजे दुईजनाकाे मृत्यु भएको घोषणा गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।





