काठमाडौं : प्युठानमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बुधबार साँझ बिजुवारबाट दाङवाङतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप ऐरावती–२ देउराली नजिक दुर्घटनामा परेको हो । जिपमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ ।
जसमा सात जना घाइते रहेकाले उनीहरूलाई उपचार गर्न बिजुवार पठाइएको प्रहरीले बतायो ।








