युगाण्डाका २० जना महिलालाई अध्यागमन विभागले गर्‍यो डिपोर्ट

२०८३ बैशाख २, बुधबार

काठमाडौं : यौनजन्य गतिविधि गरेको आरोपमा पक्राउ परेका २० जना विदेशी महिलालाई अध्यागमन विभागले ‘डिपोर्ट’ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यौनजन्य गतिविधिमा संलग्न २० जना युगाण्डाका महिलालाई पक्राउ गरेको थियो । पक्राउ गरेका २० जना महिलालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात हजार रुपैयाँ जरिबानसमेत गराएको थियो । जरिबान तिरेर थुनामुक्त भएसँगै अध्यागमन विभागले उनीहरूलाई एक वर्षसम्म पुनः आउन नमिल्ने गरी स्वदेश फिर्ता गराएको हो ।

चैत २१ मा उनीहरू ठमेलबाट पक्राउ परेका थिए । उनीहरूलाइै चैत ३० मा डिपोर्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार