इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

२०८३ बैशाख २, बुधबार

काठमाडौं : इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनलाई बुधबार रिहा गरिएको हो ।

इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको उनको भनाइ छ । झा इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए । दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए ।

उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार