काठमाडौँ : नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ।
आज कोशी प्रदेशको पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ। अन्य प्रदेशका पहाडी र हिमाली भागमा भने आंशिक बादल लाग्नेछ। तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने सम्भावना छ।





