युद्ध चलिरहेका देशमा पुन: श्रम स्वीकृति खोल्नु गम्भीर : विप्लव

२०८३ बैशाख ३, बिहीबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम सी ‘विप्लव’ले बालेन्द्र सरकारले इजरायल, कुबेत, बहराइन र लेबननमा पुन: श्रम स्वीकृति खोल्ने गरेको निर्णय धेरै गम्भीर रहेको बताएका छन्।

उनले युद्ध चलिरहेका देशबाट युवालाई सुरक्षित फर्काउनु पर्नेमा उल्टै उतै घचेट्न किन खोजेको भन्दै प्रश्न समेत गरे। विप्लवले बालेन्द्र सरकार विदेशिएका युवालाई स्वदेशमा फर्काउने नारा अन्तर्गत नेतृत्वमा आएको भनाइ राखे।

उनले नागरिक जीवनप्रतिको यो अति लापरबाही र गैरजिम्मेवारी भएको बताउँदै उनले यस्तो अपराध कसको सल्लाह र बुद्धिमा गरिँदैछ भनेर प्रश्न गरे। सरकारले यो निर्णय तुरुन्तै रोक्नुपर्ने र्नकफ माग छ। कम्तिमा स्थायी शान्तिको आधार नबनेसम्म उक्त मुलुकहरूमा नागरिकलाई पठाउन नहुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार