काठमाडौँ : फिल्म ‘बुकी’को वर्ल्ड प्रिमियर जापानमा हुने भएको छ । फिल्मको ६ मे २०२६ मा जापानको ओसाका सहरस्थित ‘मिनातो कुमिन सेन्टर’मा हुनेछ ।
फिल्मको जापान प्रिपमयरले नेपाली फिल्मको बजार जापानमा समेत बिस्तार गर्न सहयोग पुग्ने निर्देशक केसीले बताए । विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरे लगायतको अभिनय छ । महिला भलिबल र सङ्घर्षको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र बागलुङको रमणीय स्थानमा छायाङ्कन भएको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा र कार्यकारी निर्माता प्रकाश आले र राजन केसी रहेका छन् । विकास गन्दर्भको डीओपी रहेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन छ । फिल्म नेपाल प्रदर्शन मिति तोक्न बाँकी रहेको छ ।








