कालीगण्डकीमा बेपत्ता दुई जनाको शव भेटियो

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ : कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पाल्पाका दुवै जना पुरूषको शव फेला परेको छ।

नयाँ वर्षका दिन बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका-९ चापपानीका ३९ वर्षीय शरण भुषाल र २९ वर्षीय तोयनाथ बस्याल बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बेपत्ता भएको भोलिपल्ट तोयनाथको शव फेला परेको जानकारी दिए। बगनासकाली गाउँपालिका-७ दैलातुङमै नदीको बीच भागमा बुधबार बिहान ७:५५ बजे तोयनाथको शव फेला परेको थियो।

शरणको शव पनि बिहीबार बिहान ८ बजे नदीको बीच भागमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी चौधरीले जानकारी दिए। घटनास्थलबाट १५० मिटर पूर्वतर्फ उनको शव भेटिएको हो।

मंगलबार ४ जनाको समूह बनाएर उनीहरू पौडी खेल्न गएका थिए।

नदीमा पसेका चार जना मध्य दुई जना बगेर बेपत्ता भएको र बाँकी दुई जनाले पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार