लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ : लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ ।

यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार