धनगढी : सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्थामा सुधार हुन सकेको छैन । तीव्र गति, सवारी नियमको उल्लंघन र सडकको अवस्थाका कारण दैनिकजसो दुर्घटनामा मानिसहरूको मृत्यु भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउन १ गतेदेखि चैत मसान्तसम्म प्रदेशभर कुल १ हजार ३८ वटा सवारी दुर्घटना भएका छन्, यी दुर्घटनाहरूमा १६५ जनाले ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूको संख्या पनि निकै ठुलो छ । ९ महिनाको अवधिमा १ हजार ७ सय ५५ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो अंगभंग भएका छन् ।








