इभी गाडीको ठक्करबाट एकको मृत्यु

२०८३ बैशाख ३, बिहीबार

काठमाडौं : कपन हाइटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बुढानीलकण्ठ नगरपालिका– ११ कपन हाइटस्थित सडकमा बागमती प्रदेश ०२–००२ ज ८८२१ नम्बरको इभी गाडीको ठक्करबाट सोही ठाउँ बस्ने संखुवासभा घर भएका फुरू तेम्बा शेर्पाको गएराति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

इभीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार