रोल्पा : रोल्पामा लडेर एक बालकको ज्यान गएको छ ।
त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको आँगनमा थुपारेर राखिएको खरमा खेल्ने क्रममा उनी लडेर घाइते भएका थिए ।
खेल्ने क्रममा लडेर घाइते भएका शंकरलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी जुगार पुर्याइएको थियो ।
स्वास्थ्य चौकी पुर्याइए पनि चिकित्सले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।





