सर्वोच्चका शाखा अधिकृत विष्टलाई ६ महिना कैद सजाय

२०८३ बैशाख ४, शुक्रबार

काठमाडौं: सर्वोच्च अदालतको अनधिकृत पत्र लेख्ने तत्कालीन शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनीमाथि कैद सजाय र जरिवाना तोकेको हो ।  सर्वोच्च अदालतमा शाखा अधिकृतको जिम्मेवारीमा रहँदा उनले पदीय अधिकारको दुरुपयोग गर्दै अनधिकृत रूपमा पत्र तयार पारेर पठाएका थिए। सोही अनधिकृत पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो।

न्याय सम्पादनको संवेदनशील निकायमा रहेर अनधिकृत कार्य गरेको पुष्टि भएपछि अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार