काठमाडौं : फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १९ मा रिलिज मिति तोकेको छ।
पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ। जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी छन्। यसअघि निर्माण टिमले फिल्मको घोषणा गर्दा पनि कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।
फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको अभिनय छ।
सुमन अगरवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन्। फिल्मलाई सुदिप बरालको टिमले खिचेको हो।








