काठमाडौं : मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा घुससहित पक्राउ परेका छन्।
जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
सेवाग्राहीबाट लिएकाे दुई लाख र स्रोत नखुलेको तीन लाख ५० हजार रुपैयाँसहित उनलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए।





