काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्नेगरी बोलाएको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, साथै विज्ञ र योजना आह्वानलगायत ६ मुख्य एजेन्डामा छलफल हुने जनाइएको छ।
त्यसैगरी ‘विविध’ अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेबीसम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।





