सर्वोच्चले गरेको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष

२०८३ बैशाख ६, आईतवार

काठमाडौं : नेपाली कांग्रेसको आधिकारितालाई लिएर सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्ने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निष्कर्ष निकालेको छ।

शनिबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षका नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वकर्माले भने, ‘फैसला स्वीकार्ने भइयो।’

बैठकले सर्वोच्चको फैसला र कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा छलफल भएको उनले बताए। अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रुपमा काम गर्ने उनको भनाइ थियो। ‘अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो, त्यसलाई स्वीकारेका छौँ,’ उनले भने।

शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार